तसलिमा नसरिन एउटी नारी लेखिका जसले नारी स्वतन्त्रताको बारे मा धेरै आवाज उठाइन् जब उनि आफ्नो देश बंगलादेश बाट देश निकाला भईन उनले भनिन ‘मलाई मारेमा उनीहरुले केही पैसा पाउने स्वर्गको बाटो खोल्ने उनीहरुको विश्वास छ ।’
आज मैले जे जति उनको बारे जाने बुझे को अनि विभिन्न पत्र पत्रिका मा पढेका तसलिमा नसरिन का जीवन अनि लेख हरु तपाई समू राख्दै छु jindagiko bato मातसलिमा नसरिन |
करिब सत्र वर्षअघि(सन १९९३ मा प्रकाशित डा. नसरिनको उपन्यास 'लज्जा' अहिले पनि उत्तिकै लोकपि्रय रहेको छ। विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले छ । सन् १९९२ को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बंगलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरू माथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बंगलादेशलाई माया गर्ने सबैको हारको दस्तावेज मानेकी छन् । लज्जा तसलीमाको मात्र नभई मानवसभ्यताकै लज्जाको दस्तावेज मानिन्छ ।
लज्जालाई व्यापक छलफलपछि प्रकाशित भएको पाँच महिनामा तत्कालीन सरकारले साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा प्रतिबन्धित गरिएको थियो भने उनलाई त्यहाँका कट्टरपन्थी धार्मिक सङ्गठनले तीन पटकसम्म फतवा जारी (मृत्युदण्डको घोषणा) गरेको थियो । त्यसपछि उनी भारत पश्चिम बङ्गालमा बस्न थालेकी थिइन् तर त्यहाँ पनि असुरक्षा यति बढेर गयो कि कट्टरपन्थीहरूले पाँच पटकसम्म फतवा जारी गरेका थिए। आफुलाई सदैव 'विचार को खुलापन' को स्वघोषित बाहक मान्ने भारतिय बामपन्थी राजनैतिक दल र बुद्दिजीवी हरु कति सम्म तल झर्न सक्छन भन्ने ती समुह बाट भएको डा. नसरिन को विरोध ले प्रस्ट पारेको थियो(-बङ्गाली साहित्यकार आनन्द शंकर रे)| बामपन्थि पक्ष् बाट भएको बिरोध केवल अल्पसंख्यक कट्ट्रर् मुस्लिमहरु हरु बाट प्रेरित थियो भन्ने भनाई रहेको छ |व्यापक असुरक्षा र अनिश्चयबीच मृत्युसित लुकामारी खेल्दै कोलकत्ता र दिल्ली गरी करिब आठ महिनाको कठोर एकाङ्कि जीवन व्यतित गरेपछि उनी पहिलेस्वीडेन र पछि न्यूयोर्कमा बस्न थालेकी हुन् । मानवअधिकारवादी विशेषगरी नारीवादी तसलीमा त्यस्ता साहसी लेखिका हुन् जो दुई-दुईवटा देशबाट (बंगलादेश र पश्चिमबङ्गाल) निस्कासित छिन् र जसमाथि दुई देशमा गरी आठपटक फतवा जारी भएको छ ।
लेखिका आफू स्वयं क्रान्तिजीवी भएकैले हुनुपर्छ उनका सबै नै कृति त्यत्तिकै सटीक रहेको पारखी पाठकहरू बताउँछन् । त्यसमा पनि लज्जाको कुरो बेग्लै छ । यसमा जुन किसिमको एउटा छुट्टै ज्यान पाइन्छ र बेजोड भाव गुम्फन भएको पाइन्छ त्यसले गर्दा कृति 'क्षणेक्षणे यन्नवतामुपैति' अर्थात् प्रत्येक क्षण नयाँभाव बोध गराउने भनेजस्तो जतिजति समय बित्दै जान्छ त्यतित्यति नयाँपन बोधक हुन पुगेको छ । विशेषगरी सुधामय (बाबु), किरणमयी (आमा), सुरञ्जन (छोरा), र माया (छोरी) चार पात्रको सेरोफेरोमा घुमेको लज्जाले साम्प्रदायिक सद्भाव बिथोलिएपछि हुन सक्ने समाजको डरलाग्दो चित्र प्रस्तुत गरेको छ । जहाँ जातीय विद्वेष फैलिन्छ वा साम्प्रदायिक सद्भाव विथोलिन्छ त्यहाँको समाज अन्धो हुन्छ र सक्नेहरूबाट नसक्नेहरू लुटिन्छन्, कुटिन्छन्, पिसिन्छन्, थिचिन्छन् र मिचिन्छन् । उनीहरूले बाँच्ने अधिकारसम्म पाउँदैनन्, हारगुहार सुन्नेसम्म कोही हुँदैन । जसलाई आफ्नो भनिएको छ उनीहरूसमेत, कि परपर हुन्छन् कि थाहा नपाएजस्तो गर्छन् । हेरौँ लज्जाको अन्तिम प्रसङ्गमा आएको एउटा पात्रको अवस्था- -जसका बाबु महिनौंदेखि थलापरेका छन्, श्रीसम्पत्ति लुटिएकोछ, अपहरित बहिनीको चार-पाँच दिनदेखि अत्तोपत्तो छैन र आमा त्यसैदिनदेखि मूर्छित छिन्)
'निराशाको अथाह अथाह जलमा सुरञ्जन एक्लै तैरिरहन्छ । रात पर्छ, रात छिप्पिदै जान्छ । ऊ आफूलाई एकदमै एक्लो महसुस गर्छ । कोही छैन, सहायता गर्ने, कोही छैन उसको । आफ्नो देश आफूलाई प्रवास लाग्दैछ । ऊ आफ्नो तर्क, बुद्धि, विवेकसहित आफैँमा खुम्चेर बस्छ । उसको उदार, सहिष्णु, तर्कवादी मन हडताल, कफ्र्यु र आतङ्कको देशमा क्रमशः सङ्कुचित हुँदैछ । ऊ शून्य हुँदै गइरहेको छ, आफ्नो बन्द झ्याल, ढोका भएको कोठामा उसलाई सास लिनका लागि शुद्ध हावासमेत प्राप्त छैन । मानौँ ती सबै एक भयावह मृत्युको प्रतीक्षा गरिरहेछन् ।' -लज्जाको नेपाली अनुवादबाट साभार ।)
मृत्युदेखि नडराउने लेखिका तसलिमा नसरिन,
हो, सन् १९९३ देखि उनका विरुद्धमा फतवा जारी भइरहेको थियो । उनी धार्मिककट्टरताका विरुद्धमा लेख्छिन् । उनी अतिवादको विरुद्धमा लेख्छिन् । उनी धर्मको नाममा कुनै पनि अमानवीय व्यवहार सहेर बस्दिनन् । त्यसैले मानवताका बारेमा लेख्छिन् । त्यैले उनलाई मृत्युदेखि डर लाग्दैन, फतवादेखि डर लाग्दैन ।
हो, मृत्युदेखि नडराउने उनै लेखिका हुन्, तसलिमा नसरिन, तसलिमा नसरिन । तसलिमा नसरिनको जन्म बङ्गलादेशको मयमहिंसामा एक कट्टरपन्थी मुस्लिम परिवारमा भयो । उनका पिता डाक्टर थिए । उनी सानैदेखि विद्रोही स्वभावकी थिइन् । नारीलाई बुर्काभित्र कैद गर्ने कट्टरपन्थी विचार र नारी अस्मितालाई पशुस“ग तुलना गर्ने प्रवृत्तिले उनमा विद्रोहको भावना जन्मायो । १५ वर्षको उमेरदेखि उनले आफ्ना असन्तुष्ट भावनालाई ‘सेन्जुती’ मत्रिका मार्फत प्रस्तुत गर्न थालिन् ।
सन् १९८४ मा मयसिंह केडिकल कलेजबाट डाक्टरी पास गरिन् । त्यसपछि केही वर्षसम्म सरकारी अस्पतालमा चिकित्सक भई काम गर्न थालिन् । विद्यार्थी जीवनदेखि लेखनमा लागेकी नसरिनले २४ वर्षको उमेरमा ‘सिकोरे विपुल खुदा’ भन्ने कवितासङ्ग्रह निकालिन् । सन् १९९३ मा उनले ७ दिनमै ‘लज्जा’ उपन्यास लेखेर प्रकाशित गरिन् । त्यसले उनलाई चर्चित बनायो बङ्गलादेशको कट्टरपन्थी अदालतले उनलाई पक्राउपुर्जी जारी गर्यो । मुसलवानहरुले उनलाई ज्यानमार्ने धम्की दिए ।
उनलाई धर्म द्रोहीर अपराधी घोषणा गरियो । उनको ‘लज्जा’ ६० हजार भन्दा बढी बिक्यो । संसारभर उनी चर्चाको विषय बनिन् ।
सन् १९९४ मा उनी अदालतमा उपस्थित भइन् र जमानतमा छुटिन् । त्यसपछि उनी स्वीडेनमा निर्वासीत भइन् । मुसलमान कट्टरपन्थीहरुले उनलाई धर्म विरोधी अपराधी घोषणा गरे । तर उनले कलम रोकिनन् । कट्टरपन्थी मुसलवानहरुले उनको ज्यान मार्ने धम्की दिए र कुरानको अपमान गरेको भनी मुद्दा चलाए ।
सन् १९९८ मा आमाको मृत्युसंस्कार गर्न उनी स्वदेश फर्किन् । चरित्रहीनकी आमा भएको आरापमा केही मुसलवानहरु अन्तिम संस्कारमा समेत सामेल भएनन् ।
‘लज्जा’ इस्लामी अनुदारवादका विरुद्धमा छेडिएको कलमको सशक्त सङ्र्घर्ष हो । उनी भन्छिन्, ‘धर्मको अर्को नाम मानवता हो ।’ उनका चर्चित कविताकृतिहरुमा ‘हगर इन द......’(१९८६),‘केटिहरुको खेल’ (१९९२), ‘वाटर लिलिज’ (२००), ‘शुन्यता अनुभव’ (२००१)आदि मुख्य छन् । त्यसैगरी निवन्धसंग्रहमा ‘छनोट पङ्क्ति’ (१९९१), ‘दर्दको कथा’ (१९९४) आदि छन् । उनका ‘आइमाईका हकमा’, ‘लज्जा’, ‘फ्रन्सेली प्रेमी’, ‘विग्रेकी केटी’, ‘फेरा’ जस्ता कृति विभिन्न भाषामा एवम् अनुदित छन् ।
विश्वचर्चित तर आफ्नै देशबाट लखेटिएकी र ‘द फिमेल सलमान रुस्दीको’ उपनामबाट सम्मानित नसरिनले ‘आनन्द पुरस्कारँ (भारत, १९९२), ‘फेमिनिष्ट अफ द इगर’(१९९४) जस्ता सम्मान एवम् पुस्कार प्राप्त गरेकी छिन् ।
धार्मिक कट्टरबादीहरुले ‘तसलिमालाई झुड्याऊ’ भन्दै सडक तताए । तिनीहरुले उनको टाउकोको पुल्य ५० हजार टाका तोके । ‘माफी माग्नुपर्छ’ भन्ने आवाजको प्रत्युत्तरमा उनले भनिन्, ‘कुनै गल्ती गरेकै छैन भने मैले किन माफी माग्ने -’ उनी भन्छिन्, ‘म स्वतन्त्रता चाहान्छु । यो देश मेरो पनि हो । त्यहाँ रहन पाउनु मेरो पनि अधिकार हो । ३० लाख मानिसहरु सहिद भएर स्वतन्त्र भएको बङ्गलादेशमा एकल धार्मिक कट्टरताको हुकुम चल्नु भनेको बलिदानमाथि विश्वसघाट हुने छ ।’
एक निडर, साहसी, विद्रोही नारी, जसले परम्परागत अन्धविश्वाषको कालो पर्दा च्यातचुत पारिन् । उनले मानवताको धर्मयुद्ध छेडिन् । उनी अझै युद्ध लड्दै छिन् । त्यसैले भन्छिन् ‘रक्षाकवच नहुने हो भने महाभारत, रामायण, र कुरानमाथि पनि प्रतिबन्ध लगाउनुपर्छ’ ।

तसलिमा का लेख हरु राख्दै जानेनै छु आज लै euta कविता
पुरुषको कुरा गर्नु सजिलो कहाँ छ र !
उनीहरू यस युगका ईश्वर नै हुन् क्यार !
मुसाको पुच्छर झुन्डेको हुन्छ
पुरुषको दुई ऊरूबीच....
त्यही लिएर केशर फुलाएर उनीहरू
गर्छन् बन थर्काउने गर्जन !
मानौँ पुच्छरको चमत्कार देखाउन उनीहरू सबै निपुण छन्।
पुच्छर बीचबीचमा डस्लाझैँ उठ्छ
उठेको पुच्छरले जब बिरालोको मुखझैँ यौनाङ्ग देख्छ
तब क्षणभरमै लुत्रुक्क पर्छ,
पौरुषको चिह्नबाट सेतो बस्तु
फकुन्डोसरह तप्तप् झर्छ
(छिः थुक्क !)
अरु धेरै पढ्न जान्न यहाँ थिच्नुहोस
No comments:
Post a Comment