![]() |
झापा जिल्ला |
परीचय
झापा जिल्ला नेपालको सुदुर पूर्वी जिल्ला हो । झापा जिल्लाको पूर्व र दक्षिणमा भारत पर्दछ भने उत्तरमा इलाम जिल्ला र पश्चिममा मोरङ्ग जिल्ला पर्दछ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी हो । झापा जिल्लाको इतिहासलाइ हेर्ने हो भने राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व झापा जिल्लाको माइ नदीदेखी पूर्वको भाग सिक्किम अन्तर्गत पर्दथ्यो भने माइदेखी पश्चिमको भाग मोरङ्ग जिल्ला अन्तर्गत पर्दथ्यो । झापाको सदरमुकाम पनि कहिल्यै झापामा त कहिल्यै वारदशीमा भएको पाइन्छ । वि०सं० २००७ सालपछि मात्र झापाको सदरमुकाम चन्द्रगढी (भद्रपुर) कायम भएको पाइन्छ ।

केही तथ्याङ्क
जनसंख्या ७०१४०२
महीला साक्षरता प्रतीशत ४५.४
क्षेत्रफल १६०६ वर्ग कि०मी०
नगरपालिका संख्या ३
गाविस संख्या ४७
निर्वाचन क्षेत्र संख्या ७
विद्यालय संख्या ६४०
क्याम्पस संख्या ७
उच्च मा०वि० संख्या ३९
अस्पताल संख्या ५
स्वास्थ्य चौकी संख्या ५६
टेलिफोन लाईन १०००
मोटर सडक ५८१ कि०मी०
मानव विकास सुचकांक ०.४२१
प्रति एक डाक्टर जनसंख्या ३०१४५
प्रति परीवार संख्या ५.०१
तापक्रम र बर्षा
झापाको औषत तापक्रम न्यूनतममा ८० सेन्ट्रीगेटदेखी १६० सेन्ट्रीगेटसम्म तथा अधिकतममा १६० सेन्ट्रीगेटसम्म रहन्छ । झापामा बार्षीक २००० देखी ३००० मिलिलिटर बर्षा हुन्छ जसमध्ये झापाका प्रमुख स्थलहरु बिर्तामोडमा औषत बार्षिक २३९६ मिलिलिटर बर्षा हुन्छ भने दमकमा औषत बार्षिक २७५२ मिलिलिटर बर्षा हुन्छ ।
नदी तथा ताल
झापाका मुख्य नदीहरुमा माइ, रतुवा, मेची, विरीङ्ग हुन् भने अन्य स–साना खोलाहरुमा मावा, कवल, किस्नी, सतासी, सुरुङ्गा, अदुवा, हडिया, टाङ्गटीङ्ग, टिमाइ, बनियानी, निन्दा, काली, देउनीया पर्दछन् । बडो केचना ताल(१६ हेक्टर) , केचना ताल(८ हेक्टर), गौरादह(७.५ हेक्टर), विराटपोखर(२.५ हेक्टर ), सोदो ताल(२.५ हेक्टर ), मोदो ताल(२.५ हेक्टर) झापाका प्रमुख तालहरु हुन् ।
प्रमुख स्थानहरु
बिर्तामोड– झापा जिल्लाको मध्य पूर्वी भागमा पर्ने बिर्तामोड झापाको प्रमुख व्यापारीक तथा यातायातको केन्द्र हो । अनारमनी गाविस र चारपाने गाविसको भाग ओगटेको बिर्तामोडमा महेन्द्र राजमार्गमा पर्दछ । बिर्तामोडमा बिभिन्न स्तरका होटल तथा लजहरु उपलब्ध छन् । यहाँबाट देशका बिभिन्न भाग तथा भारतका पनि धेरै भागमा जाने यातायातका बिभिन्न साधनहरु उपलब्ध छन् ।
धुलावारी— खासगरी विदेशि विलासीका सामानहरुले प्रसिद्ध स्थान धुलावारी बीर्तामोडबाट करीव १० किमी दुरीमा पर्दछ । विदेशी महँगा सामानहरु किन्न भारतीय ग्राहकहरुको धुलावारीमा भीड नैं लाग्ने गर्दछ ।
काँकडभिट्टा— भारतसँग सीमा जोडिएको स्थान काँकडभिट्टाबाट भारतका बिभिन्न स्थानमा जानलाई यातायात सुविधा उपलब्ध छ । मेची नदीको कीनारामा अवस्थित काँकडभिट्टादेखी सीमा पारीको भागभने पानीट्यांकी हो ।
दमक— बिर्तामोड पछीको झापाको प्रमुख व्यापारीक केन्द्र दमक हो । महेन्द्र राजमार्गमा अवस्थीत दमक दमक नगरपालिका अन्तर्गत पर्दछ ।
भद्रपुर— झापाको पुरानो व्यापारीक केन्द्र भद्रपुर झापाको सदरमुकाम चन्द्रगढीसँग जोडिएको छ। एयरपोर्ट सुविधाबाट सम्पन्न भद्रपुर पनि मेची नदीको कीनारामा नैं अवस्थित छ ।
नगरपालीका तथा गाविसहरु
झापा जिल्लालाई सन्सदीय रुपमा ५ वटा निर्वाचन क्षेत्रमा बिभाजीत गरीएको छ । झापा जिल्लामा तीनवटा नगरपालिकाहरु छन्— मेचीनगर नगरपालीका, दमक नगरपालीका र भद्रपुर नगरपालिका ।
झापा जिल्लाका बिभिन्न गाउँ विकास समिति तथा नगरपालीकाहरु र तीनको क्षेत्रफल निम्नानुसार छ—गा०वि०स० तथा न०पा०को नाम क्षेत्रफल वर्ग कि०मी०मा
पृथ्वीनगर २३.२४
केचना १५.९० बनीयानी १५.२३ |
जलथल ८०.३८
बालुबाडी १०.८०
पथरीया २५.३६
हल्दीवारी १८.५३
भद्रपुर नगरपालीका १०.५६
महेशपुर ३६.६३गरामनी ४२.१५
अनारमनी १८.४०
अर्जुनधारा ३१.१४
शनिश्चरे २७.२५
खुदुनावारी ५१.०७
बुधवारे ३१.२१
शान्तीनगर ४८.२७धाइजन १६.०५
दुवागढी ३१.३५
चन्द्रगढी २५.५६
बाहुनडाँगी ५७.३०
मेचीनगर नगरपालीका ५५.७२
ज्यामीरगढी ३१.०२
चकचकी २१.९१
राजगढ ३५.१३
घेरावारी २७.६५
घैलाडुब्बा २१.६८
चारपाने १७.४२
डाँगीवारी २३.०
सुरुङ्गा ५७.१४
शरणामती ४४.१८
टागनडुब्बा २२.१९
कुमरखोद ३०.३९
धरमपुर ३३.६५
सतासीधाम ५५.४४
तोपगाछी ६४.३२
बैगुनधुरा २६.४८
शिवगन्ज ३४.४६
पाँचगाछी २१.४२
महाभारा २५.५२
खजुरगाछी २२.१०
गौरीगञ्ज २७.६६
कोरोवारी २४.७४
कोहोवरा ३६.८६
महारानीझोडा २४.२४
गौरादह ३३.२७
जुरोपानी २८.५६
लखनपुर ३९.९१
दमक नगरपालीका ३९.९१
स्रोत झापा डट कम
फुच्चे भाई, आज म झापा जान पाउंदिन, अर्को दिन जाउंला
फुच्चे भाई, आज म झापा जान पाउंदिन, अर्को दिन जाउंला । तिमी जाउ आज, ति चिया का बगानहरु र ति सुपाडिका अनि नरिवलका गाछिहरुलाई सम्झना सुनाईदिनु । गाईहरु लैना होलान घाँस, खोले दिदै गर्नु, म छिट्टै आउँछु ।
त्यो दमकको टेलिफोन टावर अग्लो छ, गल्यो होला उभिदां उभिदां, एसो कांध सुम्सुम्याइदिनु । सगुन होटलको पराठा पुर्याइदिनु । सिसौहरु हुर्के होलान, हांगाहरु छिमलि दिनु ।
गौरादह, गौरिगन्ज, झिलझिले अनि लगाएका सिमलतरुल, घरतरुल अनि मेटाएका भोकहरु, सम्झंदै जानु । कन्काईको तिरमा दुई सिक्का चढाई दिनु, टाउको निहुराइ दिनु । आज नि कसैलाई जलाई रहेका होलान, दैवलाई सम्झनु । म झापा छिट्टै आउँछु ।
सुरुंङ्गा लक्ष्मीपुर, दुर्गापुरमा हावा चिसो होला, लामो सास लिएर जानु । बिरिङ्गले यसपालि पनि खेत बारि बगायो होला, । अलि रिसाहा छ, तिमीले भनेको मान्छ कि, फकाई फुलाई मनाईदिनु ।
बिर्तामोड अझै ब्यस्तहोला, हल्ला होला, किनमेल होला, कलकत्तेमा मिष्टान्न किन्दै जानु। पार्वतिलाई जुलबि मन पर्छ लिन नभुल्नु। धुलो होला शनिश्चरे को बाटो अनि अनन्पुर्ण चित्र मन्दिरमा फिलिम लागेको होला । मेरो लागि एउटा टिकट काट्दै गर्नु। म झापा छिट्टै आउँछु ।
बुट्टाबारि का बगानलाई हेर्दै गर्नु, हामी टोकला जानु पर्छ न भए पनि बुधबारे माथिको चिया बगानमा बसेर मकै र मोहि खाउँला । बाहुनडाँगिमा सुठुनि (सखरखण्ड) र काक्रा हरु फलेका होलान, मेरो लागि नि साँच्नु है म छिट्टै आँउछु ।
चारआलिका भक्काहरु र चन्द्रगढिका चटपटेहरु, छोलाहरु साह्रै मीठो लाग्छ मलाई । हटियामा ढु्ङ्ग्रि र प्याजि पाकेका होलान मेरो लागि चाख्दै गर्नु, । धुलाबारि को खरिद बाकि छ । लुगा राम्रो पाईन्छ , आमालाई साडी र भाईलाई जिन्स किन्नु छ । संगै जानु पर्छ , मलाई पर्खदै गर्नु । म झापा छिट्टै आँउछु ।
सनपाटका खेतिहरु, केराका बगानहरु, तामुल लपेटने पानका पातहरु, बैशंका हाँसोहरु, मारेका बात हरु, गएका गोठालाहरु, गाएका गीतहरु, चराएका गाइहरु, बाख्राहरु, बोलाई रहनु म छिट्टै झापा आउँछु।
उडेका भगेराहरु, सिकेका साईकलहरु, फुटाएका डल्ला हरु अनि खोजेका धानका सिलाहरु । सबैलाई बोलाईदिनु । माघे संक्रान्तिका तिलका लड्डु र बनाएका चाकुहरु, मेरो भाग पनि राखि दिनु । फुलेका तोरी र फिलुंङ्गेहरु, पाकेका कटहर र मेवाहरुलाई यो दाईको खबर सुनाउदै गर है फुच्चे भाई । काकडभिट्टाकि कान्छि चिया बनाउँदै होलिन, बुधकरणको रंग हाल्न लाउनु । म झापा छिट्टै आउँछु।
अनि मेरो बुढो भद्रपुर, अझै मेचि किनारमा भैसि चराउँदै ड्डा लिएर देशको सिमाना रुघिरहेको होला, । एक चिलिम खैनि मोलेर दिनु, चुना हालेर । मेची आफ्नै हो, दाजु भाई पौडिनु पर्छ । हात समाएर जंङघे पिलर सम्म दौडिनु पर्छ । म झापा छिट्टै आउँछु । म झापा छिट्टै आउँछु।।
गारामुनीबाट बगान जलथल यो विषयलाई सर्च गर्दा यहा आईपुगे तपाईको यो लेखले मलाई सारै मोहित बनायो। धन्यवाद। तपाईको यो लेखको केहि अंश मैले झापा जिल्लाका विशेषता नामक पुस्तकमा साभार गरेको छु।
ReplyDeletethanks
ReplyDeletevery useful web blog
ReplyDeletecongratulation