Wednesday, May 18, 2011

मेरो डाइरि

भाब मा डुबेर होस् या अभाब् मा उजाडीय बस्तिहरु यादै यादमा
मिलनले हो य बिछोड ले एक्लै  हिंड्नु पर्यो रंगिन यो दुनियामा 
                                  म सउदी अरब आएर काम गर्न थालेको पनि लगभग  ३ वर्ष  भइसकेको छ अहिले । असन्तुष्टी भित्रैबाट सन्तुष्टीको खोजी गर्दैछु । अप्ठ्यारै अप्ठ्यारो माझ पनि म निकाश खोज्दैछु जीवनको । मलाई त्यति कतै जान पनि मन लाग्दैन । प्राय ११ घण्टाको ड्युटी सकेर म कोठामा आइपुग्दा म थाकेको पनि हुन्छु । खाना बनाउनु परयो, खानु परयो, धन्दा पनि गर्नु परयो समय लाग्छ पनि । कम्प्युटरमा हिन्दी फिल्म, नेपाली फिल्म, अंग्रेजी फिल्म हेर्न मन लागे हेर्छु । गीत सुन्छु नेपाली, अंगैजी, हिन्दी , समाचार सुन्छु जे जे मन लाग्छ । समय पनि कहाँ छ र  । डिउटी  पनि कहाँ एकै समय मा छर hapta  मा ३ दिन त २ घण्टा सुतेर १३ घन्टा  डिउटी   गर्नु पर्छ  


अध्ययन भन्ने कुरा जीवन पर्यन्त चलिरहने प्रक्रिया रहेछ । म अति चिन्ताग्रस्त भएको बेला पनि मलाई पढिरहन मन लाग्छ । तर जान्न धेरै कुरा बाँकी रहेछन् । जीवनमा काम लाग्ने कुरा सिक्न धेरै बाँकी हुँदोरहेछ । मेरो ड्युटीबाट कोठामाम फर्केपछिको काम भनेकै कहिले सि.डी. कपी गर्ने , कहिले टाइप गर्ने , कहिले फिल्म हेर्ने , कहिले गीत सुन्ने, कहिले पढ्ने हो ।मैले नेपाल फर्किएर जाँदा उपहारको रुपमा लिएर जानको लागि । साथीहरुका लागि अंग्रेजी फिल्म कपी गर्नु, श्रीमतीका लागि नेपाली फिल्म र गीतका सि.डी. हरु कपी गर्नु , आफ्ना अनुभवहरुलाई कम्प्युटरमा टाइप गर्नु, आफ्ना लागि बिभिन्न प्रोगामका सि.डीहरु बनाउनु मेरो काम हो कोठाको । मेरो समय सधै व्यस्तता मा बित्ने गर्छ  भनौ म  संग समय नै छैन ११ घन्टाको डिउटी  त्यो पनि रात अनि दिन दुवै समय हप्तामा १ दिन छुटी हुन्छ  ।
मलाई बाहिर घुमेर समय बिताउनु भन्दा केही न केही गरिरहन मन लाग्छ कोठामा । मलाई यो कार्यमा सहयोग गर्ने साथी भनेकै कम्प्युटर हो मेरो ।यस्तो लाग्छ यो कम्पुटर नहुदो हो त मैले यो अरब  मा समय बिताउन सक्दैनथे होला
 ।   त्यसैले म छुट्टीका दिन पनि कतै घुम्न जान्न प्रायजसो । त्यही मौका मिालएर कुनै कुनै शुक्रबार पारेर रियादको नाम चलेको परदेशीहरु भेला हुने ठाउँ बत्था जान्छु । बत्था जाने विशेष काम भनेकै आफूले चिने जानेका साथीहरु भेटिन्छन् कि कोही भन्ने हो। बत्थाको शुक्रबारको भीडमा म प्रत्येक मान्छेको अनुहार पढ्न चाहन्छु ।म चाहन्छु चिनजाको साथी मिलोस् । घरको सम्झनामा तड्पिएको मन हलुङ्गो होस् भन्ने सोच्छु म । कमसे कम सुख दुःखका केही कुरा गर्न पाए पनि घरतिरको केही खोजखबर गर्न पाए पनि आनन्द लाग्ला ठान्छु म । कोठामा बस्दा बस्दा एकोहोरो भएको मन साथीसँगको भेटले केही फरक पर्छ जस्तो लाग्छ मलाई । चेलीलाई माइती गाउँको कुकुर पनि प्यारो लाग्छ रे भनिन्छ । परदेशीलाई पनि त्यस्तै हुँदोरहेछ आफ्नो ठाउँका साथीहरु भेटिँदा पनि बेग्लै मजा आउँदोरहेछ।
pizzhut क़ा काम गर्ने  हामी नेपाली हरु 
               यो ठूलो शहरको यो भीडमा साथी भेट्टाउनु चानचुने कुरा पनि होइन । क्षितिजसम्मको त्यो भीडमा मेरा आँखाहरु अनबरत साथीहरुको खोजी गरिरहन्छन् बडो चनाखा भएर । कतै यो  नर्कमा म फेरि साथीहरु लाई भेट्छु कि जस्तो लाग्छ  । मेरो अहिलेसम्मको यात्रामा मैले धेरै मान्छेहरु भेटेँ होला । लामो समयदेखिका साथीहरु पनि होलान् धेरै कतिलाई मैले बिर्सेँ होला, कति अझै सम्झनामा होलान् अझै पनि । समय संगै कोइ बिदेसिए कोइ गाउ मै होलान कोइ ठुलो जागिर खादै छन् नेपाल मै  अनि कति मा जस्तै पिडा भोग्दै छन् अरब मा .......... ।

एकदिन शुक्रबार पारेर म बत्था गएँ । भीडमा आँखा थिए मेरा कोही साथीहरु भेटिएलान् कि भनेर । नेपाली रेष्टुरेन्टको छेउदेखि सबै घुम्दै थिएँ फनफनी म । प्रत्येकका अनुहारहरु हेरेँ मैले एक एक गरेर । कसैको अनुहार उज्यालो छ, राम्रै  ठाउँमा परेको होला ऊ, कसैको अनुहार अँधेरो देख्छु शायद अप्ठ्यारो ठाउँमा परेर होला ।खालखालका मान्छेहरु अनुहारकै हिसाबमा पनि सुन्दर छन् कोही असुन्दर छन् । झुस्स दारी पालेका देखि लिएर लामो कपाल पाल्ने, aarmi  कटमा कपाल काट्ने देखि लिएर सबै खालका देख्छु म यहाँ । मलाई यी भाग्यमानी र अभागी नेपालीहरुको यो भीड देख्दा पनि दिग्दारी लाग्छ । सबैका आआफ्ना अनन्त बेदनाहरुले पिरोलिएर पनि मुस्कुराउन प्रयत्न गरिरहेका यी मलीन अनुहारहरु कतै गरीब नेपालीका प्रतिनिधि पात्रहरु त हुन् नि भन्ने लाग्छ मलाई ।

हेर्छु सबै सबै आआफ्नै धुनमा मस्त छन् । कोही नेपाली रेष्टुरेन्टमा खानमा व्यस्त छन् , कोही पत्रिका किनेर पढ्नमा व्यस्त छन्, कोही कुमारी फेन्सीमा कपडा किन्नमा व्यस्त छन्, कोही मजाले गफ गर्दे पेप्सी पिउनमा व्यस्त छन्, कोही हेर्छु नेपाली फिल्म र गीतका सि.डी.हरु लुकाई लुकाई बेच्नमा व्यस्त छन् , कोही हेर्छु इन्टरनेटमा व्यस्त छन्, कोही हेर्छु स्टुडियोमा फोटो खिचाउन व्यस्त छन्, कोही बैँकबाट पैसा पठाउने लाइनमा लाग्न व्यस्त छन्, कोही साथीलाई बोलाएको होला पर्खिनमा व्यस्त छन्, । सबै आआफ्नै धुनमा व्यस्त छन् । म पनि व्यस्त छु साथीहरु खोज्नमा । घुमेको घुम्यै छु, सबैका अनुहारहरु पढेको पढ्यै छु । ।घरि कुमारी फेन्सीको ढोकाबाट भित्र चिहाएर हेर्छु त्यहाँ पो भेटिएला कि भनेर, घरि नेपाली रेष्टुरेन्टको भित्र हेर्छु त्यहाँ पो साथी भेटिएला कि भनेर । थाकेर उभिन्छु म नेपाली सि.डी. बेच्ने केटाहरु भए ठाउँमा । यसो हेर्छु सि.डी.को नाम भएको लिसट । जति हेर्छु सबै पश्चिमेली गीतहरु मात्र देख्छु ।बिदेसमा  रहने  नेपाली  हरुले  धेरै लोकगीत मन पराएको ले  होला लोकगीत क सिडी हरु नै धेरै बेच्न  राखेको हुन्छ मलाई छि  तेती लोकगीत मन पर्दैन तर अरु  गीतहरुका त मसँग कति सि.डी. छन् मलाई नै थाहा छैन । मलाई पूर्बका गीतहरु त्यसमा पनि लोक पोप आधुनिक  गीतहरु चाहिएको छ । म कहिल्यै भेट्दिन दिग्दारी लाग्छ ।
मन छुने गीतहरु  माग्दोरहेछ मनले पनि। आफू जस्तो ठाउँमा हुर्कियो त्यस्तै खोज्छ मनले । घर  बाट हिँड्ने बेलामा केही लिन पनि भ्याइएन । भ्याएको भए २/४ वटा सि.डी.हरु ल्याउन त अवश्यै सकिन्थ्यो होला ।

बत्थामा नेपालीहरु ज्यादा भेला भएको ठाउँको चक्कर लगाउँदा लगाउँदै मेरा आँखाहरु एउटा गोरो गोरो सेतो सर्ट र कालो पेन्ट लगाएको भाइमा पर्छ । ऊ त्यो भीडमा फटाफट अघि बढ्दैछ नेपाली रेष्टुरेन्टतिर । म हेर्छु उसलाईै ऊ त झापा  को  भाई रमेश रहेछ । म उसलाई बोलाउँछु । ऊ मतिर पुलुक्क हेर्छ । खूब खुशी हुन्छ ऊ अनि म पनि ।संगै  पढेको    साथी हो ऊ
 ।  उमेरमा मभन्दा धेरै सानौ भएपनि । गफगाफ चल्छ । उसको र रुद्र दाइको सँगै भिसा लागेको थियो ।
अब त रुद्र दाई पनि घर गइ सकेका छन्  साथी हरु आ आफ्नै धुन म बिजी छन ठिकै छ अब को केहि दिन पछी नेपाल गइन्छ  अनी फेरि सम्झेरपनी आइदैन  १ घण्टा सुतेर ११ घण्टा काम गर्नु पर्ने यो कम्पनी मा
 


ksa मा काम गर्ने अभागि हरु काम गर्दै छन pizza hut म १ घण्टा सुतेर ११ घण्टा।।।।।।।।।।।।।।।।।



मेरो डाइरि 

No comments:

Post a Comment