Saturday, June 16, 2012

सन् २०१२ मा पृथ्वी अन्त हुन्छ त ?

सन् २०१२ मा पृथ्वी अन्त हुन्छ त ?

अहिलेको समयमा इसाईहरू प्रभुको येशूको बारेमा भन्दा पनि एउटा प्रश्न सोधेर टाउँको दुखाइरहेको अवस्था पनि छ । “के साँच्चै सन् २०१२ मापृथ्वीको अन्त हुन्छ ?” केही नामधारी इसाईका धर्मगुरूले बाइबलका केही पदहरू अगाडि ल्याएर पृथ्वी अन्त हुन्छ भनेर विश्वको मानिसहरूलाई त्रासमा ल्याएका थिए । विपत्तिबाट जोगिनको लागि ‘येशूलाई विश्वास गर्नुपर्छ ।’ भनेको भए पनि सुसमाचार सुनाउने तरिका नै गलत हो, किनकि मानिसहरूलाई तर्साएर सुसमाचार सुनाउन के सही तरिका हो र ? यसरी मानिसको मनमा भय पैदा गरेर गुरु भनाउँदाहरूले आफ्नो कहिले नबिक्ने किताबहरू, जस्तै सिटी आदि तथा अन्य धर्म विधी पालन गर्नुपर्दछ भनेर ठगेका थिए, ठगेका छन् र ठग्नेछन् । कही तपाईं, हामी पनि यस्ता झूट कुराबाट तर्सिएका छौं कि ? बैज्ञानिकले पृथ्वीको आयु १ करोड वर्षभन्दा बढी भएको बताउँछन् ।
तर पनि पृथ्वी अन्त हुने आधारहरू निम्न प्रकारको हुनसक्छन् ः
१.) कुनै अर्को ग्रहबाट मानिसलाई खतम पार्ने उडन्ती (उड्न सक्ने) जीवहरू डिसेम्बर २०१२ भित्र आउने हल्ला चलाइरहेका छन् । अहिलेसम्म यस्ता उड्न सक्ने कुनै पनि जीव पत्ता लगाएको छैन । तर पनि यस्ता कथाहरूमा आधारित
धेरै नै फिल्महरू हेरी मानिसहरू कल्पना गरेका छन् ।
२) आर–मागेडोनको युद्ध सन् २०१२ मा हुने अड्कल काट्नेहरू धेरै छन् । युद्धले भयानक परिमाण ल्याउने कुरोमा शङ्का छैन । २० शताब्दीको डरलाग्दो २ विश्व युद्धले पूरै पृथ्वीलाई ध्वस्त पार्न नसके पनि युद्धग्रस्त स्थानहरूलाई ध्वस्त नै पारेको थियो भन्न मिल्ने ठाउँहरू छन् । पहिलो विश्व युद्धमा १ करोड ७० लाख मानिसहरू मारिएका थिए, भने दोस्रो विश्व
युद्धमा लगभग ७ करोड (कुल विश्व जनसंख्याको २.५ प्रतिशत) मारिएका थिए । दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागसाकीमा अमेरिकाले बीस हजार टन अणु बम खसालेको थियो । हिरोसिया १ लास ४० हजार र नागासाकीमा ८० हजार
मानिसहरू मारिए । विषालु बमको असरबाट त्यहाँका हरियाली ध्वस्त भयो, माटोले उर्वरा शक्ति गुमायो, मानिस लगायत कैयौं जीवजन्तु मरे । त्यहाँबाट फैलिएको बिकीरणले छुने जति सबै अपाङ्ग भए, टाढासम्मका हावापानी प्रदुषण
भयो र अन्य खतरनाका रोगहरू पैदा भयो । विश्वभरि नै यस किसिमको युद्ध मच्चिनमा मानिसको बीउ मासिन सक्छ र यसलाई पृथ्वी खत्तम भएको अर्थ लगाउन
सकिन्छ ।
३) भखरै जापानमा महाभुकम्प आयो । भुकम्पसँग सुनामी आयो । जापानमा ठूलो धनजनको क्षती भयो । त्यो भन्दा पनि विश्वलाई खतनाक हुने परमाणु केन्द्रमा क्षति भयो । त्यहाँको विभिन्न आणविक भट्टीहरूमा नराम्रोसँग क्षति भयो ।
अहिले जापानले यी सबै परमाणु केन्द्रहरू बन्द गरेको छ । त्यस्तै अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्र संघले इरान र कोरिया र अन्य मुलुकहरूलाई एक्लो पार्दैछ । यी राष्ट्रले बदलाको प्रतिशोध लिएर विश्वलाई समस्यामा ल्याउन सक्ने सम्भावना छ । तर तिनीहरूले यस्तो अनिष्ठ आउनको लागि सन् २०१२ रोज्नुपर्ने कुनै पनि कारण छैन ।
४) दक्षिण अमेरिकाको माया नामक आदिवासीहरूको क्यालेन्डर डिसेम्बर २१, २०१२ मा सकिन्छ । उहिलेदेखि बुन्दै आएको कथाको आधारमा पृथ्वीको अन्त हुने रहस्य उनीहरूले मात्र पाएका छन् भन्न पनि मिल्दैन । नेपालमा पनि हिन्दु
तथा अन्यमा यस्ता दन्त कथाहरू प्रशस्त पाइन्छ ।
५) रोगहरूबाट मानिसको मासिन सक्छ । अफ्रिकाका कतिपय देशहरूमा एड्सको कारणले बस्तीबस्ती खाली भइसकेको छ । परमेश्वरले दिनुभएको यौनसम्बन्धी नियमको उल्घन गरेर यस्तो डर लाग्दो अवस्था भइरहेको छ । यस्तै विभिन्न
नयाँ डरलाग्दो रोगहरू आइरहेको छ । यसबाट मानिसको बंश खत्तम हुने सम्भावना छ । रोगबाट मानिस सखाप भएको खण्डमा पृथ्वी नाश भएको भन्न मिल्छ र ? तर यस्तो घटनाको भाका २०१२ मा दिएर कोही तर्सानु पर्दैन ।
६) एक समय हेली बाप(धुम केतु) नामक तारा पृथ्वीलाई च्येप्टयाउने गरी खस्छ भन्ने मानिसहरूलाई तर्साएका थिए । विभिन्न ग्रह र ताराहरू एक आपसमा जुधेर निस्कने विशाल टुक्राहरू पृथ्वीलाई नै निशाना बनाएर डयाम्मै ढाक्ने खतराबारे भविष्यवाणी यदाकदा गरिए पनि सन् २०१२ मा नै यस्तो दुर्घटना नहुने कुरा अमेरिकाको बिज्ञान प्रयोगशाला नासाले स्पष्ट पारिसकेको छ ।
७) जैविक हतियार : यस्ता जैविक हतियार चुपचाप र लाखौं मानिसलाई क्षणभर मार्न प्रयोग गरिन्छ । जस्तो ः पानीको मुहारमा विष हाल्ने, मानिसको भीडमा लाग्ने ठाउँहरूमा बिषालु ग्यास छोड्ने, जैविक युद्धमा विभिन्न रोगहरू उब्जाउने व्याक्टेरिया, भाइरस र अन्य रोगका जीवाणुहरू फैल्याइदिने काम पनि हुनसक्छ । यस्ता डरलाग्दो हतियार आतङ्कबादी समुदायहरूले प्रयोग गर्न सक्छन् तर सन् २०१२ लाई उनीहरूले लक्ष्य बनाए पनि ती बिषालु
प्रदार्थहरूलाई विश्वभरि नै प्रतिबन्ध लगाइएको छ ।
येशूले भन्नुभयो, “ तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौं । नघबराऔ किनकि यी हुन नै आवश्यक छन् तर अन्त्य त त्यति नै बेला हुँदैन किनभने जातिको विरुद्ध जाति राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ–ठाउँमा अनिकाल र भूकम्प हुनेछन् । तर यी सब त प्रसववेदनाको शुरु मात्र हो (मत्ति २४ः६–८) ।” … धेरै भूटा अगमबक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन् । दृष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ । तर आखिरसम्म रहनेचाहिँ बचाइनेछ ।… हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूलाठूला चिन्हहरू र आश्चर्यका कामहरू
देखाउनेछन् । याद राख मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु । … ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिनेछैन र ताराहरू आकाशबाट खस्नेछन् तथा आकाशका शक्ति हल्लाइनेछन्…।
येशूको आगमन र पृथ्वीको अन्त्य एकआपसमा सम्बन्धित छन् र अन्त हुने तरिकाहरू माथि बताइएबमोजिम हुनेछ । यी घटनाहरू पहिला हुनेछन्, जसलाई उहाँको आगमनको सङ्केत रूपमा लिइनुपर्दछ । तर पनि उहाँको आगमन तुरुन्तै नहुने विषयमा येशूले स्पष्ट पार्नुभयो । येशूको आगमनको मिति तोक्नु पाप हो प्रायः झूटा शिक्षकहरूले येशूको दोस्रो आगमनको प्रसङ्गलाई जोडेर भ्रम फैल्याउदै आएका छन् । त्यसको रहस्य नदिइएको कारण उहाँको आगमनबारे उनीहरूका धर्मगुरुले दर्शन पाएको र उहाँ आउने मिति त्यही दर्शनअनुसार तोकिएको दाबी पनि गर्लान । उहाँको आगमन कहिले हुन्छ भन्ने रहस्य येशू आफैले पनि खोल्नुभएन । उहाँले भन्न नसकेर होइन बरु हामीलाई त्यसको आवश्यकता नपरेको कारण हो । येशूको पहिलो आगमन बालकको रूपमा भयो, भने दोस्रो आगमन त दिनुभयो तर मिति बनाउनुको साटो यसो भन्नुभयो, “त्यस दिन
घडीको विषयमा पिताबाहेक कसैले जान्दैन नता स्वर्गका दूतहरूले न पुत्रले । मानिनको पुत्रको आगमन नोआको दिनहरूजस्तै हुनेछ । … यसकारण जागा रहा,े किनकि कुन दिन तिमीहरूका प्रभु आउनेछ सो तिमीहरू जान्दैनौ । तर यो जान कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ, भनी जानेको भए ऊ जागो रहनेथियो … मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ ।” उहाँको आगमन २१ शताब्दीको मानिसहरूले मात्र होइन । पावलको पालामा पनि येशू फर्कनुहुने सम्भावना थियो । तर आगमनाको मिति तोकेर परमेश्वरको अधिकारलाई मिच्न चाहेनन् जसकारण थेसलोनिकेका विश्वासीहरूलाई उनी यसो भन्छन्, “प्रभुको दिन त रातको चोर आएझैं आउनेछ …गर्भवती स्त्रीलाई बेथा लागझैं (१ थेसलोनिकी ५ः२–३) ।” कसैलाई सुइको नदिएर उहाँ आउनुहुनेछ । अर्को उहाँको आगमनको
मिति नबताउनुको कारण छ । मानिसहरूलाई अहिले उहाँमा विश्वास गरेर मुुक्ति पाउने अनुग्रह दिइएको छ । यही विशेष अनुग्रहको युगलाई हामीले भरपूर फाइदा उठाएर जीवन पाएको उहाँ चाहनुहुन्छ । सायद उहाँले मिति बताउनुभएको भए
मानिसहरू उहाँको आगमन हुनुभन्दा एक दिन अघिसम्म पाप गरिरहेका हुुन्थे र हतारसँग अन्तिम समयमा पश्चात्ताप गर्थे । यसो गरेका खण्डमा मानिसको उद्धारको लागि उहाँले क्रूसमा गर्नुभएको कामलाई धेरैले सस्तो ठान्थे ।
मानिसले संसारमा छँदै मुक्तिको आनन्दमा रमाउन सक्दैनथे । अनि मानिसले जिन्दगीभरि पापसँग रमाइलो गरेर परमेश्वरको क्रोध अझ बढी निम्तो दिने सम्भावना थियो ।
  • कसकसले प्रभुको दोस्रो आगमन बारेमा मिति नै तोके ?
सेभेन्थ–डे एड्भेन्टिस्ट समुदायका नेता ह्वाइट मिलरले एप्रिल २८, १८४३ प्रभुको आगमन हुन्छ भनेका थिए तर तोकिएको मितिमा नभएपछि डिसेम्बर ३१, १८४३ को अर्को मिति तयार पारे । यहोवाका साक्षीहरूका मूल नेता चाल्र्स
टेज रस्सेलले सन् १८७४ मा येशूको दोस्रो आगमन हुन्छ भनेर भूmटो भविष्यवाणी गरे । त्यस्तै मार्टिन लुथरले उनका समकालीन मेलन्कटनसँग मिलेर अन्तको समय सन् १६०० भन्दा टाढा नभएको बताए । भनिन्छ कि मेथोडिस्ट मण्डलीको महान् अगुवा जान बेस्लीसहितका समकालीनहरूले पनि सन् १८३६ मा येशूको आगमन हुने भविष्यवाणी गरे ।
पृथ्वी पनि म्याद सकिने औषधीजस्तै होइन । जहिले पनि येशूको आगमन जस्तो रहस्यमय विषयलाई पृथ्वीको अन्तसँग मिसाउने काममा पृथकताबादी (आफूलाई अरुभन्दा असल र बेग्लै ठान्ने) ख्रीष्टियनहरू अग्र पङ्क्तिमा आउँदछन् । पृथ्वी अन्त हुन्छ वा हुँदैन भन्ने जिज्ञासा राख्नु पनि एक प्रकारको पाप हो किनकि यसको मालिक उहाँ नै हुनुहुन्छ जसले पूरै ६ दिन खर्च गरेर सृष्टि गर्नुभयो । परमेश्वरको मण्डली नाम गरेका भूटा शिक्षकहरूको आफ्नो नाम चम्काउनको लागि यस्तै बकम्फुसे गफको खेती गर्दै आएका छन् । सन् २०१२ मा पृथ्वी अन्त्य हुन्छ भनेर मिति तोक्नु र मानिसहरूलाई त्रासमा राख्नु आफैलाई धोका दिनु सरह हो ।

No comments:

Post a Comment