Sunday, March 27, 2011

प्रेम पत्र

प्रिय .........
मनको कुरा मनमै रहयो 
म यहाँ कुशल छु र कुशलताकै कामना गर्दछु,प्रीय ! धेरै समयको अन्तरालपछी एउटा पत्र कोर्न गैरहेकोछु तिम्रो,हाम्रो बिबाह पुर्बको माध्यम वा साथी भनौं यो चिठिपत्र आज टाढीदै गयको देख्दा यो हाम्रो मौलिकताले कताकता सरापिरहेको जस्तो लाग्छ,किनभने मेरो हाल र चिठिपत्रको हाल एकै भयो
म पनी बिस्तारै आर्थिक बाध्यताको भार थाम्न नसकी यो बिरानो मरुभुमीमा पलायन हुन बाध्य भयकोछु जसरी चिठी पत्र पलायन हुदैछ पैल्हे-पैल्हे एक छाक चियामा चिठी पोस्ट हुन्थ्यो भने अहिले फोन गर्दा एक महिनाको खानाको खर्च  भन्दा बढी हुन आउँछ यो पनी हाम्रो आधुनिक जमनाको देन हो भन्छु
 म पहिला-पहिला साथिहरु घरबाट आउँदा रातभरी पढ्दा पनी नसिद्दीने मायां र प्रेमका भावनाले ओतप्रोत भयका पत्रहरु पठाउथ्यौ तर अहिले त निस्तो ढिडो सरी मकै र भट्ट मात्र पठायकि रहिछौ बाबु,आमाको हातको टिका थाप्दै तिमी सङ्गै काली पुल तरेर ससुरालि देश जान नपाय पनी तिम्रो म प्रतीको समपर्ण र मान्यजन् र आफन्त हरुको आशिर्बादले म सधै खुशी रहनेछु  प्रीय यो बिरानो मुलुकमा अर्काको खटन पटनमा कम्पुटर सरि चल्नु पर्दाको कटु यथार्थता सायद मैले तिमीलाई बताइसकेको छैनकि बताउ पनि कसरी? यहाँ न त बिमार भयो भन्न पाइन्छ न त आज बडा दसैं हो एक दिन छुट्टी लियर बस्छु नै भन्न पाइन्छ मेसिनरी चिज त चौबिसै घन्टा चलाईरहदा बिग्रन्छ भने हामि त मान्छे मेरो बारेमा बाकि जान्न चाहेकि भय चाउरियको अनुहार र उमेर अगावै बुढौलीका लक्षण ले भरिपुर्ण केष बाट नै  पत्ता लाग्नेछ

 आज धेरै बर्ष पछी यो मनको पीडा लाई रोक्न सकिन र बास्तबिक यथार्थता प्रेम पत्र मार्फत छताछुउल्ल हुन पुग्यो, हुन त रिण काँढेरै भयपनी बालबचाको लागी हाँसिदिनुपर्ने तिम्रो बाध्यता मैले नबुझेको पनि होइन त्यस्को लागी यो पत्र बाधक नबनोस बरु साधक बनोस भन्ने म चाहन्छु  किनकि पीडा मेरो मात्र होइन प्रीया हजारौ नेपालीहरुको पीडा हो लौ त बढि के लेखु सबै लेखे इतिहासै बन्न सक्छ जे होस बिदेश आउँदा बेचेको गैर्ही खेत र एउटा लैनो भैसी सम्म किन्न सक्ने स्थिती भयो भने अर्को दशैंमा अबश्य आउनेछु !

                                                 उहि तिमीलाइ मायाँ गर्ने samir

No comments:

Post a Comment