Tuesday, March 29, 2011

लेखक 

  हास्छ्यौ जती जती उति छाती दुख्छ किन 
   जुधाउदा आखा चिसो आखा सुक्छ किन
कुन साइतमा खै के साइनो लगाए मैले
जवनीको ब्यथा पनि मुटुभित्रै लुक्छ किन


फुल बरसाऊ कसरी मा तिमीलाई
येहा फुल नाफुल्दै वोईलाई सक्यो !!

लड़न खोज्दा कसरी समाऊ तिमीलाई
हाम्रो माया को दुश्मन ले हात मेरो काटी सक्यो !!

माया गर्छु भनेर भनु म कसरी तिमीलाई
तिम्रो सिउदो अरु ले रंगाई सक्यो !!

जुनी भरी साथ दिन्छु भनु म कसरी तिमीलाई
डोली चढाई तिमी लाई अर्कै ले डांडा कटाई सक्यो !!

बासुरी को मिठो धुन सुनाऊ कसरी म तिमीलाई
अर्कै ले पंचे बाजा तिम्रो आँगन म बजाई सक्यो......................

पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
तर आज वालुवामा एक्लो मुटु गोड्नु पर्‍यो
साथमा छँदा ख?

तिमी नआएर के भो र? आएका छन् तिम्रा ती यादहरु,
जति दुखे पनि जिन्दगी यो, रोकेकोछु आशुका ती बाधहरु ….
बेखुशीकै अन्धकारमा अलमल्लि रहेछु आज जिन्दगी,
नझुल्कि ने भो कहिल्यै पनि, खुशीका ती चाँदहरु ….
ज्यूदो लाश भै ज्यूदै छू यहाँ तिम्रै अभावमा प्रिय,
सुन्ने कोही छैन पीडाका ती चित्कार अनि अन्तर्नाधहरु ….
आफ्नो नै बिरानो भै गयो टाढा टाढा आज,

kumar..............                     kumar basnet अमरपुर २ भालुचोक
                                                            पांचथर 
                            

4 comments:

  1. उर्लिएर आउने भावनाका बेगहरुमा
    सजिन्छौ तिमी सपनाका सेजहरुमा
    चौतारी तिम्रो चोखो मायाको
    पाउँछु सधैं झाङ्गिदै गएको
    जिन्दगीका अनेकन अप्ठेरा मोडहरुमा
    अब छ तिम्रो साथ थकानका सुस्केराहरुमा
    घाम र पानीरुपी जीवनका संघर्षहरु
    यिनै बीच मौलाएका हाम्रा उत्साहहरु
    जीवनको उच्चतम अग्लाइमा झुम्ने
    आफ्ना हरेक सपनालाई यथार्थमा चुम्ने
    एक अर्काको साथमा व्याप्त यो पूर्णता
    यही पूर्णतामा रमाइरहौं सदा सर्वदा

    ReplyDelete
  2. प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
    आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
    छातिभित्रै पसूँ लाग्यो अलि वर सर
    फूलझैँ फुलिदिन्छु शीत बनि झर
    माया गर्छु अजम्वरी निष्ठुरी भै नजाऊ
    आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
    हिउँभन्दा चोखो माया लाईदेऊ भन मनमा जे छ
    वस्ती बसाऔँ मायाको मरी लानु के छ
    छ छैन माया मेरो अलिकति भनिदेऊ
    आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
    नचाहेर पनि पाइला प्रवासतिर मोड्नु पर्‍यो
    टिपेको त्यो सुन्दर फूल शिरमै नलाई छोड्नु पर्‍यो
    पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
    तर आज वालुवामा एक्लो मुटु गोड्नु पर्‍यो
    साथमा छँदा खुसी अनि आँतभरि माया पिउथ्यौ
    विवस बनी तड्पिएर नसा बोतल फोड्नु पर्‍यो
    समयले चड्कन हान्यो हामी दुईको साथ छुट्यो
    उनी पारी म वारी कल्पनाले जोड्नु पर्‍यो
    जीवनको कुनै मोडमा नछुटिने हाम्रो कसम
    हुर्कन नपाउँदै आफ्नै हातले तोड्नु पर्‍यो ।।

    ReplyDelete
  3. thank u bro ma yaslai pani publish garnechhu

    ReplyDelete