Sunday, March 27, 2011

मकैको खेति

राष्ट्रवाद
"मकैको खेती"को बारेमा ****************** १९७७ सालमा ना.सु. कृष्णलाल अधिकारी "मकैको खेती" भन्ने पुस्तक लेखेबापत नौ वर्ष जेल परे । उनको प्राणपखेरु जेलमै गयो । सो पुस्तकको पाण्डुलिपि पढ्ने गुरुज्यू दुर्गानाथ अधिकारी आशुकवि शम्भुप्रसादसहित अरु सात जनाको जागिर गयो । त्यस्तो पुस्तक लेखिन लागेको छ भन्ने थाहा पाएर पनि बेलैमा प्रधान मन्त्रीलाई सूचना नदिएबापत छापाखानाका हाकिम श्री उपेन्द्रबहादुर बस्नेत पनि खोसिए । नक्साल भगवती बहालमा छापिएको "मकैको खेती"का दुई प्रति बाहेक अरु सबै पुस्तक प्रेसमै जलाईए । 'न रहे बाँस न बजे बाँसुरी' गर्न लाई । "मकैको खेती"को मजबुन थियो— '... ...बेलाइती कुकुर मजासँग दुध भात खाने , त्यसलाई न्यानो डसनामा सुताउनु पर्ने, साबुनले न्वाई दिनुपर्ने, तर भोटे कुकुर जसले बाघ भालु श्याल बाँदर सबलाई धपाई दिन्छ, मकै खान दिँदैन... ... त्यसकारण चन्द्रोदयको बेलामा नेपालमा बेलाइती कुकुर नरहोस्, भोटे कुकुर चाहिन्छ ... भोटे कुकुरलाई साग ढिँडो दिए पनि हुन्छ ।... ...'— यो थियो त्यसबेलाको नेपाली राष्ट्रवादको सानो झलक । _______________________________________________________________ [यस्तो मामुली कुरा लेखिएको "'मकैको खेती" का लेखक कृष्णलाल अधिकारीको त्यस्तो दुर्गतिपूर्ण मरण हुन गयो । यो हिजो मैले सरदर भीम बहादुर पाण्डेद्वारा लिखित "त्यस बखतको नेपाल"मा पढेको कुरा यहाँ शेयर गर्न मन लाग्यो  

2 comments:

  1. oh dai la dherai ramro kaam garnu vaye6, congrats chha,

    ReplyDelete
  2. thank u bro tara kin name nalekheko ni yar plz name rakhera coment gare ramro hunthiyo any y thank u

    ReplyDelete