Tuesday, August 30, 2011

इन्टरनेट internet



pizzahut ksa मा काम गर्ने हामी नेपाली 

Laugh when you can,
apologize when you should,
and let go of what you can't change.

                                                                                 Kiss slowly,
                                                                                       play hard,
                                                                                                forgive quickly,
                                                                                    take chances,
                                                                                 give everything
                                                                       and have no regrets.
                                  Life's too short to be anything…but happy

आज भोलि मेरो साथी भनेको नै  इन्टरनेट हो  । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेट चलाउन जान्दैनथे  भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । म संग कम्पुटर थिएन अनि  समय पनि  मिल्दैनथ्यो  । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि भने समय बदलियको छ अनि मेरो आदत पनि वदलिएको छ । 
सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा वसिजान्छु ।फेसबुक खोल्छु पहिले अनि समाचार  र साहित्यिक पत्र पत्रिकामा मेरो नजर पुगीजान्छ । यसरी वस्दा म साहित्यिक व्लगहरु नै खोल्ने गर्छु .अहिले त आफ्नै ब्लग खोलेको छु , जीवन संघर्ष हो । संघर्षसंग डराएर पछि हट्नु भन्दा त्यस संग जुधेर वा त्यसको सामना गरेर अगाडि वढ्नु पर्छ । यो जीवनको सार्थकता हो । र यो वास्तविक जीवन पनि हो । यो नै हाम्रो मान्यता हो ।वुझाई पनि हो ।
भोगाई नै जीवन हो । अर्थात जीवन नै भोगाईआज भोलि मेरो साथी भन्नु नै इन्टरनेट हो ११ घन्टाको काम सकेर आए पछी मेरो साथी हो इन्टरनेट . / यसमा सघाउने मेरा साथी हरु धर्म बन्जारा हरि राज facebook अनि धेरै साथीहरु अनि नेपाल क साथीहरु............बिसेष गरि जनकपुर को साथी.कमलेश हाम्रो समय इन्टरनेट मै बित्छ कमलेश को आफ्नै ब्लग छ  निस्ठुरी को याद मा.....yahoo hotmail nimbuzz mig ,gmail ,facebook अनि धेरै im हरु  बाट धेरै साथी संग  गफ गर्छु यहि इन्टरनेट बाटै 
साथीहरु  पनि धेरै छन् नेपाली मात्र नभएर  धेरै  बिदेशी हरुपनि..........|
  म सउदी अरब आएर काम गर्न थालेको पनि लगभग धेरै वर्ष  भइसकेको छ अहिले । असन्तुष्टी भित्रैबाट सन्तुष्टीको खोजी गर्दैछु । अप्ठ्यारै अप्ठ्यारो माझ पनि म निकाश खोज्दैछु जीवनको । मलाई त्यति कतै जान पनि मन लाग्दैन । प्राय ११ घण्टाको ड्युटी सकेर म कोठामा आइपुग्दा म थाकेको पनि हुन्छु । खाना बनाउनु परयो, खानु परयो, धन्दा पनि गर्नु परयो समय लाग्छ पनि । कम्प्युटरमा हिन्दी फिल्म, नेपाली फिल्म, अंग्रेजी फिल्म हेर्न मन लागे हेर्छु । गीत सुन्छु नेपाली, अंगैजी, हिन्दी  जे जे मन लाग्छ । अलि अलि गरेर बाइबल अनि अरु  किताब पनि पढ्दैछु म यतिखेर ।
                         
                                       अध्ययन भन्ने कुरा जीवन पर्यन्त चलिरहने प्रक्रिया रहेछ । म अति चिन्ताग्रस्त भएको बेला पनि मलाई पढिरहन मन लाग्छ । तर जान्न धेरै कुरा बाँकी रहेछन् । जीवनमा काम लाग्ने कुरा सिक्न धेरै बाँकी हुँदोरहेछ । मेरो ड्युटीबाट कोठामा फर्केपछिको काम भनेकै कहिले सि.डी. कपी गर्ने , कहिले टाइप गर्ने , कहिले फिल्म हेर्ने , कहिले गीत सुन्ने, कहिले पढ्ने हो । मुमा र अन्य बृद्धहरुका लागि रामायण कपी गरिसकेको छु मैले नेपाल फर्किएर जाँदा उपहारको रुपमा लिएर जानको लागि । साथीहरुका लागि अंग्रेजी फिल्म कपी गर्नु,   नेपाली फिल्म र गीतका सि.डी. हरु कपी गर्नु , आफ्ना अनुभवहरुलाई कम्प्युटरमा टाइप गर्नु, आफ्ना लागि बिभिन्न प्रोगामका सि.डीहरु बनाउनु मेरो काम हो 
कोठाको ।अनि ब्लग       मा लेख्नु र facebook चलाउनु र duty जानु यहि हो मेरो काम.........|
मलाई बाहिर घुमेर समय बिताउनु भन्दा केही न केही गरिरहन मन लाग्छ कोठामा । मलाई यो कार्यमा सहयोग गर्ने साथी भनेकै कम्प्युटर हो मेरो|
                                                                                 विक्रम समिर pizza hut ksa

1 comment:

  1. wow nice and true i like it n thankyou 4 u add my blogs

    आज जगतले देखिरहेको छ
    म बाहिरी हाँसो हाँसि रहेको छु
    हरपल आत्मा रुवाएर
    जसो तसो वाँचेकै छु
    वेदनाको डढेलोले ह्दय जलाउँदा
    भित्र भित्रै निभाउने गर्छु
    मोती झै मेरा आँशुका दाना
    उनकै लागि साँचेको छु
    उमंगका पर्खाल भत्काएर
    उनी खोई कता लागिन्
    फेरी जागरुक हुने आँट त छ
    तर धेरै जाँगर उनैले लगिन् ।
    भूल मेरो के थियो र !
    उनले लााछना लगाइन्
    मेरो अगाडि केही नभनी
    गाउँ सहर हल्ला फिँजाइन ।
    सारा दर्द र पीडाहरु
    मन भित्रै दवाई राखेको छु
    जलेको यो आत्मा भित्र
    चोखो प्रेम साँचेको छु ।

    ReplyDelete