Monday, April 18, 2011

जिन्दगी????


जिन्दगी????
गोरु जस्तो जोतिनु पनि
जिन्दगी रहेछ,
साँडे जस्तो डुक्रीनु पनि
जिन्दगी रहेछ्, 
यहाँ शिसा जस्तो टुक्रीनु पनि
जिन्दगी रहेछ्,
अझै भनौ फूल जस्तो फक्रीनु पनि
जिन्दगी रहेछ्,
मुटु छुने जाडोमा कक्रीनु पनि
जिन्दगी रहेछ्,
खै के भनौ?
नुन खाएको कुखुरा जस्तो झोक्रीनु पनि
जिन्दगी रहेछ ।  
            Nanda Tamling (Nan Tamling)
           

2 comments: