Wednesday, April 13, 2011

नयाँबर्षको शुभकामना

साईनो प्रितको भएपनि दुई आत्माको चाहाना यो ।
फेरी पनि पाए तिमीलाई सन्देश लेख्ने  बाहाना यो ।।
दिन मैना गन्दा गन्दै बर्षा काल बित्यो यहाँ ।
नयाँ सौगात बोकी आयो नयाँ साल फेरी यहाँ ।।

कोल्टे फेर्दै छट-पटिमै धेरै रात काटे पनि ।
आउछु भेट्न भनि तिमीलाई न आएरै ढाँटे पनि ।

चाहेर रोक्न खोजेपनी सकिन रोक्न यी भावना।
नयाँ उमंग र खुशी छाओस, नयाँ सालको छ शुभकामना।।

कुहु कुहु कोईलीले  तिम्रै गीत गाई रहोस् ।
बसन्त त्यो रितु सधैं तिमीमा नै छाई रहोस् ।।

पूरा हुन् तिम्रा कल्पना, सपना अनि चाहाना ।
यही छ नयाँ सालको हार्दिक मंगलमय शुभकामना।
यही छ नयाँ सालको हार्दिक मंगलमय शुभकामना।
       सधै सधै खुशी शुखी रहनु  शुभकामना           
                                                                     

No comments:

Post a Comment